Logo

लोकसेवा

भोलि उपस्थित हुने गरी अख्तियारले भट्टराईलाई छाड्यो



काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सह-सचिव तीर्थराज भट्टराईलाई बिहीबार उपस्थित हुने गरी रिहा गरेको छ ।

भट्टराईलाई बिहीबार कार्यालय समयमा उपस्थित हुने सर्तमा छाडिएको अख्तियार श्रोतले जनाएको छ ।

सहसचिव भट्टराईलाई मानव तस्करसँगको सेटिङमा विभिन्न देशमा भ्रमण भिसामा मानिस पठाउने गरेको अभियोगमा अख्तियारले बुधबार दिउँसो पक्राउ गरेको थियो ।

भट्टराईलाई टंगालस्थित कार्यालयमा लगेर बयान लिइएको थियो । भट्टराईको मोबाइल भने अख्तियारले जफत गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार २१:४३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।