Logo

प्रमुख समाचार

राजावादी प्रदर्शनको दिन काठमाडौं नियन्त्रणमा लिने ओलीको निर्देशन



काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार आयोजित बागमती प्रदेशका वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले सो दिन काठमाडौंमा एमालेको प्रभाव र उपस्थिति बलियो बनाउने उद्देश्यले सबै कार्यकर्तालाई तयारीमा रहन आह्वान गरे। उनका अनुसार, पार्टीले १५ गतेका लागि विशेष सर्कुलर जारी गर्नेछ।

सोही दिन राप्रपा लगायतका राजावादी समूहहरूले पूर्वराजा ज्ञानेन्द्रको पुनर्स्थापनाको मागसहित काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्। एमाले अध्यक्ष ओलीले ती प्रदर्शनप्रति संकेत गर्दै कुनै पनि गतिविधि गैरजिम्मेवार नबनोस् भन्ने सन्देश दिएका हुन्।

फरक प्रसंगमा उनले सरकार र जनताको चुपचाप अवस्थाको फाइदा उठाउँदै केही समूहहरू “अनावश्यक फुर्तिफार्ती” गरिरहेको टिप्पणी गरे। ओलीले परिस्थिति बुझेर अघि बढ्न कार्यकर्तालाई सचेत रहन आग्रह पनि गरेका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार ०७:०७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।