Logo

लोकसेवा

जेठ १५ गते तय भएका लोक सेवाको सबै परीक्षा स्थगित (सूचनासहित)



काठमाडौँ । लोक सेवा आयोगले यही जेठ १५ गते तय गरेको सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ ।

आयोगले आज एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको खुला तथा समावेशी तर्फको प्राविधिक सेवा, तह ७, इन्जिनियर पदको लिखित परीक्षाको परीक्षा मिति, समय र परीक्षा केन्द्र संशोधन गरिएको जानकारी दिएको हो ।

यसैबिच १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरूले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी आयोगले परीक्षा तालिका संशोधन गरेको अनुमान गरिएको छ ।

हेर्नुहोस् संशोधन गरिएको सूचना :

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार २१:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।