काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिनको दायर गृहमन्त्रीसम्म पुगे पदमा बस्नु वाञ्छनीय नहुने बताएका छन्। नेपाली कांग्रेसको धरान उप-महानगर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले गृहमन्त्री रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू इमान्दारीतापूर्वक सम्हाल्दै आइरहेको र अहिले पनि त्यही गरिरहेको विश्वास राखेको बताए।
‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो,’ उनले भने, ‘तर हामीलाई थाहा छ- कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दामाथि तथ्य र प्रमाण हुन्छ।
भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ। त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ।’




















प्रतिक्रिया