Logo

प्रमुख समाचार

गणतन्त्र राजनीतिक दल र जनसङ्घर्षको प्रतिफल हो : अध्यक्ष दाहाल



काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताउनुभएको छ। पार्टीको सहायक सङ्गठन, योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र माओवादी पार्टीको मात्र होइन, सम्पूर्ण जनताको साझा उपलब्धि भएको भन्दै यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग रहेको दाबी गर्नुभयो।

अध्यक्ष दाहालले राजावादीहरूको प्रवृत्तिलाई आलोचना गर्दै भने, “गणतन्त्र माओवादीले मात्र ल्याएको हो भन्ने भ्रम फैलाउन खोजिएको छ।” उहाँले यसलाई विरोध गर्दै, “राजावादीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सक्नु हो, त्यसैले माओवादीले यसको प्रतिवाद गर्नुपर्छ।”

मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा ल्याउन माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालले जोड दिनुभयो।

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मुलुकमा गणतन्त्र ल्याउन लडेका युवा यसका रक्षा गर्न पनि अग्रपङ्क्तिमा उभिने बताए।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार ०६:०६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।