काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालको साझा उपलब्धि भएको बताउँदै यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग रहेको दाबी गरेका छन्।
पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीहरूले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेका छन्।” उनले जोड्दै भने, “गणतन्त्र सबैको साझा उपलब्धि हो र यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ।”
अध्यक्ष दाहालले राजावादी प्रवृत्तिहरूको आलोचना गर्दै, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो भन्ने प्रचार गर्छन्। यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सक्नु हो, त्यसैले यसको सशक्त प्रतिवाद गर्नुपर्छ।”
उनले यस क्रममा मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि, त्यसका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहयात्राले पनि महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
अध्यक्ष प्रचण्डको यस अभिव्यक्तिले गणतन्त्रको संस्थागत र वैचारिक संरक्षणका लागि माओवादीको भूमिका सशक्त रहेको दाबी गरेको छ, जसलाई राजावादी र असहमति राख्ने शक्तिहरूले चुनौती दिइरहेका छन्।




















प्रतिक्रिया