Logo

प्रमुख समाचार

गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरू लचिलो, हट्ला त सदनको गत्यवरोध



काठमाडौं । भिजिट भिसा प्रकरणले सदन अवरोध भएको छ । आज विहान ११ बजे बस्ने भनिएको बैठक बस्दै नबसी २ बजेको लागि तय भएको थियो । तर, अहिले २ बजिसक्दापनि बैठक बस्ने छाँटकाँट देखिएको छैन् । सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरिसकेका छन् ।

तर, उक्त छलफलबाट अहिलेसम्म कुनै निश्कर्ष निस्किएको छैन्। यतिवेला सत्ता पक्ष र प्रतिपक्षीहरु छुट्टछुट्टै छलफलमा जुटेका छन् । तर, विपक्षी दलका नेताहरुको बैठकमा भने गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिनेबारे छलफल भएको बताईन्छ ।

गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने माग राखेका थिए । लेखकको उक्त मागप्रति विपक्षी दलहरु नरम बनेको बताईन्छ । यद्धपी गृहमन्त्री लेखकलाई बोल्न दिनेबारे विपक्षीहरुे कुनै निर्णय भने गरिसकेका छैनन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार २१:०४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।