Logo

प्रमुख समाचार

“जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार बस्नुपर्छ” : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनमा सतर्कता जरुरी रहेको भन्दै नेपाल प्रहरीलाई सधैं तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय निरीक्षण गर्दै उनले भने, “भूकम्प र आगलागीको पूर्वानुमान सम्भव छैन, तर मनसुनजन्य बाढी र पहिरोको जोखिमलाई लिएर पूर्वतयारी आवश्यक छ।”

गृहमन्त्रीका अनुसार, प्रहरी जनस्तरसम्म पुग्न सक्ने निकाय हो, त्यसैले विपद् आउँदा जनताले सबैभन्दा पहिले प्रहरीकै आशा गर्छन्।

“अबको केही दिनमै मनसुन सुरु हुने अनुमान छ,” उनले थपे, “यस पटक प्रहरीको बजेट पनि बढेको छ, तलब, पोशाक र भत्ताको समस्या हुँदैन।”

नेपाल प्रहरी ऐन संशोधनको तयारी पनि भइरहेको र चाँडै संसद्को समितिमा छलफल सुरू हुने जानकारी उनले दिए।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार ०८:०६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।