Logo

प्रमुख समाचार

तीनकुने घटना : राज्य विरुद्धको कसुरमा दुर्गा प्रसाईं सहित ७ जनालाई थुनामा राख्न आदेश



काठमाडौँ । तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँसहित अरू ६ जनालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीश ध्रुबराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका थप ६ जनालाई थुनामा पठाउन आदेश गरेको हो ।

पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएकाहरूमा घर आगजनी र समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरू सहित छन् । अदालतले सरोज गौतम, गोकर्ण

शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ लाई थुनामा पठाउन आदेश गरेको छ ।

पुर्व राजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुने स्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । दुर्गा प्रसाईँ र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पुर्ण रूपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो ।

आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार ००:५७   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।