Logo

सुदुरपश्चिम प्रदेश

भारतबाट भित्र्याइएको अबैध समान बरामत



बैतडी जिल्ला प्रहरीले भारतबाट भित्र्याइएको रु १३ लाखको अवैध सामान बरामद गरेको बताएको छ । लकडाउनको  अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो ।

सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। उनका अनुसार  “सीमा नाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतदेखि  हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ ।”

बरामद गरिएको सामग्रीहरुमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका छन् । प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार