Logo

कोरोना भाइरसका कारण स्थगित भएका विश्वकप छनोटका बाँकी खेलको मिति तय



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फिफा विश्वकप फुटबल  २०२२२ र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत छनोटका खेलहरु स्थगित भएका थिए ।

फिफा विश्वकप फुटबल  २०२२२ र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत समूह चरणका बाँकी खेलहरुको मिति तय भएको छ । एसियाली फुटबल महासंघ एएफसीको कम्पिटेसन कमिटीको अनलाइन बैठकले नयाँ मिति तय गरेको हो ।

दोस्रो चरणको छनोटका खेलहरु २०२१ जुन १५ सम्म सक्ने सहमति भएको जनाएको छ । जस अन्तर्गत छनोटको म्याच डे ७ र ८ को खेल २०२१ मार्चमा गर्ने र म्याच डे ९ र १० को खेल २०२१ जुनमा गर्ने भएको हो ।

यस्तै एसियन क्वालिफायर्सको अन्तिम चरणका खेलहरु पनि २०२१ सेप्टेम्बरमा गर्ने सहमति भएको जनाएको  छ ।

 

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  १० : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।