Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्वलक्षित अफर सार्वजनिक, ६.३० प्रतिशत ब्याजमा ५ करोडसम्म घर कर्जा



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकले घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोडसम्म उपलब्ध गराउनेछ ।

यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकका लागि ७ वर्षे अवधिको ६.१० प्रतिशत ब्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६.८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने बैंकले जनाएकाे छ ।

चाडपर्वको समय सवारी साधन तथा घर खरिद गर्नेको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले चाडपर्व विशेष कर्जा अफर सार्वजनिक गरिएको बैंकको भनाइ छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ११:४५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।