काठमाडौं । वैदेशिक रोजगार बोर्डले धरौटी खातामा रहेको १ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको बोर्डले उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंकमार्फत लगानी गर्ने तयारी गरेको हो । ब्याजदर न्यूनतम ३ प्रतिशतभन्दा माथि हुनुपर्ने शर्त राखिएको छ ।
ब्याजदरसहितको प्रस्ताव पेश गर्न इच्छुक बैंकहरूले भदौ २२ गते दिउँसो ३ बजेभित्र बोर्डको आर्थिक प्रशासन शाखामा दरभाउपत्र बुझाउनुपर्ने छ। फाराम बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।




















प्रतिक्रिया