काठमाडाैं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल-रेडमी १५ र रेडमी १५सी नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको हो ।
फोनमा ६.९ इञ्चको फुल डिस्प्ले जडान गरिएको छ । त्यस्तै, आकर्षक क्वाड–कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । फोनमा ५० मेगापिक्सलको डुअल क्यामरा सेट गरिएको छ ।
त्यस्तै ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। लामो समयसम्म टिकाउन फोनमा ७ हजार एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । त्यस्तै, ग्राहकले ३३ वाटको फास्ट चार्जिङ सुविधा पनि पाउँछन् । यी फोन ग्राहकले विभिन्न रङमा किन्न पाउँछन् ।
ग्राहकले रेड्मी–१५ स्मार्टफोन ६ जिबी/१२८ जिबी र ८ जिबी/२५६ जिबी क्षमतामा किन्न पाउँछन्। फोनको मूल्य क्रमशः १८ हजार ९ सय ९९ र २१ हजार ९ सय ९९ रूपैयाँमा तोकिएको छ ।
त्यस्तै, रेड्मी–१५ सी स्मार्टफोन ४ जिबी/ १२८ जिबी, ६ जिबी/१२८ जिबी र ८ जिबी/२५६ जिबी क्षमतामा किन्न पाइन्छ । फोनको मूल्य क्रमशः १४ हजार ९ सय ९९, १६ हजार ४ सय ९९ र १८ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।




















प्रतिक्रिया