काठमाडाैं । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर गोदाममा राखेको अभियोगमा उदयपुरको कटारीस्थित व्यापारी दिलीप चौधरी पक्राउ परेका छन् ।
१२ भदौमा बजार अनुगमनका क्रममा चौधरीको ‘आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्स’मा मल फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो । जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंले जानकारी दिए ।
सर्वदलीय छलफलपछि मल वडा नं. १ देखि ७ सम्मका किसानलाई वितरण थालिएको छ । प्रत्येक बोराको मूल्य १ हजार रुपैयाँ तोकिएको छ भने उठेको रकम राजस्व खातामा जम्मा गरिने भएको छ ।




















प्रतिक्रिया