Logo

अर्थ

सेयर बजारमा आज पनि गिरावट, ४ अर्ब ७२ करोडकाे काराेबार



काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६ को विन्दुमा कायम भएको छ ।

आज ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ७२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १५:२३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।