काठमाडाैं । सांग्रिला मोटर्स प्रालिले आफ्नो भव्य कार्यक्रम ‘व्हील्स अफ सेलिब्रेसन्स’ आगामी भदौ १८ गतेदेखि २२ गतेसम्म उत्तरढोका शोरुममा आयोजना गर्ने भएको छ ।
पाँच दिनसम्म चल्ने यस उत्सवमा गाडी प्रेमी र परिवारका लागि रोचक अनुभव, अन्तक्र्रियात्मक गतिविधि तथा विशेष अफरहरु प्रस्तुत गरिनेछ ।
कार्यक्रममा सहभागी हुनेहरूले लिपमोटर, सिट्रोन र पूजोका नवीनतम मोडेल टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन् । जसले आधुनिक प्रविधि र आरामदायी ड्राइभिङको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुनेछ ।
यस कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरु तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ । साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा साटासाट गर्न सक्ने सुविधा पाउनेछन् ।
कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निशुल्क १ रात २ दिनको बसोबास सुविधा उपहार स्वरूप दिइने कम्पनीले बताएकाे छ ।




















प्रतिक्रिया