Logo

अर्थ

बुंगल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आईपीओका लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअनुसार पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित र २ लाख ७ हजार ५०० कित्ता आईपीओ श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यसपछि १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ११:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।