Logo

अर्थ

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । एनएमबि बैंकका कर्मचारी, परिवार तथा ग्राहकले बुटवल हस्पिटल प्रालिबाट उपचार सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एनएमबि बैंक र बुटवल हस्पिटलबीच भएको सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने बेड चार्ज, ल्याब टेस्ट, अपरेशन चार्ज, युएसजी, ईसीजी, ईको, एक्स–रे, फिजियोथेरापी तथा औषधि सेवामा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । छुट पाउनका लागि एनएमबि बैंकको खाताबाट भुक्तानी गर्नुपर्नेछ। यसका लागि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपीएस वा क्यूआर कोड प्रयोग गर्न सकिनेछ ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १५:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।