काठमाडौं । एमजी मोटरले आगामी दुई वर्षभित्र आफ्नो नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी ‘साइबर एक्स’ विश्व बजारमा ल्याउने तयारी गरेको छ ।
पहिलो पटक शांघाई अटो शोमा बोल्ड कन्सेप्टका रूपमा देखाइएको साइबर एक्सलाई कम्पनीले मिनी–मर्सिडिज प्रेरित परिवारमैत्री कम्प्याक्ट एसयूभीका रूपमा बजारमा उतार्ने तयारी गरेको हो ।
एङ्गुलर र बाक्सी डिजाइनसहितको यो मोडल शहरी प्रयोगका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ। साथै, हल्का अफ–रोडका लागि समेत उपयुक्त हुने गरी यसको ग्राउन्ड क्लियरन्स र डिजाइन तयार गरिएको बताइएको छ ।
पाँच ढोकाको लेआउटसहितको साइबर एक्सको स्ट्यान्स प्रिमियम एसयूभी मर्सिडिज EQB जस्तै हुने अनुमान गरिएको छ। एमजी यूके प्रोडक्ट र प्लानिङ प्रमुख डेविड एलिसनले यसलाई ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ भन्दै परिभाषित गरेका छन् ।
उत्पादन संस्करणमा पप–अप हेडलाइटको सट्टा परम्परागत हेडलाइट प्रयोग हुनेछ भने कन्सेप्टमा राखिएको प्यानोरामिक रूफलाई आधुनिक र मिनिमल इन्टिरियरले प्रतिस्थापन गर्नेछ। ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा पर्याप्त हेडरूम र लेगरूमसहित यसलाई परिवारमैत्री बनाउन विशेष ध्यान दिइने कम्पनीले जनाएको छ ।
प्राविधिक पक्षमा, साइबर X मा एमजीको नयाँ ब्याट्री र मोटर प्रविधि प्रयोग हुने छ। सेमी–सोलिड–स्टेट ब्याट्रीसहितको मोडलले करिब ४८२ किलोमिटरसम्मको रेंज दिने अपेक्षा गरिएको छ। अधिकांश भर्सनमा सिंगल–मोटर फ्रन्ट–व्हील–ड्राइभ उपलब्ध हुनेछ भने उच्च भर्सनमा अल–व्हील–ड्राइभको विकल्प राखिनेछ ।
विश्वबजारमा यसको प्रारम्भिक मूल्य £३०,००० भन्दा कम हुने अनुमान गरिएको छ। बजेटमैत्री मूल्यमा आधुनिक इभी प्रविधि र व्यावहारिक प्रयोग उपलब्ध गराउने लक्ष्यका साथ एमजीले यसलाई सानो एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरेको जनाएको छ ।
एमजी मोटर, जुन SAIC मोटर कर्पोरेसनको स्वामित्वमा रहेको ब्रिटिश ब्रान्ड हो, पछिल्ला वर्षहरूमा पेट्रोल, हाइब्रिडदेखि लिएर फुल्ली इलेक्ट्रिक मोडलमार्फत दिगो मोबिलिटीका क्षेत्रमा निरन्तर नयाँ विकल्प प्रस्तुत गर्दै आएको छ ।



















प्रतिक्रिया