काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन आज २ लाख १२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।




















प्रतिक्रिया