Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार पुग्यो



काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुन आज २ लाख १२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको  थियाे ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार ११:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।