Logo

अर्थ

सयपत्री हाइड्रोले पाएन शतप्रतिशत हकप्रद निष्कासनको अनुमति, १ः०.७४ अनुपातमा जारी हुने



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गर्ने भनेको हकप्रद सेयर अनुपात संशोधन गरेको छ ।

कम्पनीले असार २१ मा सम्पन्न वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय पारित गरेको थियो । र अनुमतिका लागि विद्युत् नियमन आयोगमा निवेदन दिएको थियो । तर, आयोगले भदौ २० गते कम्पनीलाई १ः०.७४ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।

अब कम्पनीले सोहीअनुसार हकप्रद निष्कासन गर्नेछ । कम्पनीले ऋण तथा दायित्व भुक्तानीका लागि र दरमखोला ‘ए’जलविद्युत आयोजनाको मर्मत सुधारका लागि हकप्रद जारी गर्ने तयारी गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १३:०१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।