काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् । अध्यक्ष सिफारिस समितिले भदौ १३ गते सात दिनको अवधि राख्दै दरखास्त माग गरेकोमा १४ जनाले आवेदन दिएका हुन् ।
समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो ।
यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त गरेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त छ ।
अध्यक्ष पदका लागि आवेदन दिनेमा पूर्व गृहसचिव महेश्वर न्यौपाने, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष देव कुमार ढकाल, रमेश भट्टराई, बिक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, चिन्तामणी सिवाकोटी, ज्ञानेन्द्र अधिकारी, दिपक बहादुर भण्डारी, राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने र रमेश कुमार भट्टराई रहेका छन् ।




















प्रतिक्रिया