Logo

अर्थ

देशभर साढे ५८ लाख सवारीसाधन दर्ता



काठमाडौं । देशभर दर्ता सवारीसाधनको संख्या ५८ लाख ५० हजार ४ सय ३२ पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा सबैभन्दा धेरै ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् ।

त्यसैगरी, ३ लाख ६६ हजार ७२३ कार, जिप तथा ट्याक्सी दर्ता भएका छन् । नेपालमा प्रजातन्त्र स्थापना भएको २०४६/४७ सालमा जम्मा ७६ हजार ३ सय ७८ सवारीसाधन दर्ता थिए ।

विभागका तथ्यांकअनुसार देशभर ७१ हजार ५७७ बस, ४१ हजार ९८६ मिनिबस/ट्रक, १ लाख २९ हजार ११९ निर्माण उपकरण (क्रेन, डोजर, लोडर आदि), ९१ हजार ४८३ पिकअप, १२ हजार ५७५ माइक्रोबस, १ लाख ११ हजार ३५२ टेम्पो, १ लाख ९० हजार ६४ ट्याक्टर र ७३ हजार ६०६ ई-रिक्सा दर्ता भएका छन् ।

गत आर्थिक वर्षमा मात्रै २ लाख ४२ हजार ४४१ नयाँ सवारीसाधन थपिएका छन्, जसमा १ लाख ९६ हजार २११ मोटरसाइकल, १५ हजार ९९ कार र २ हजार ५८८ बस रहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।