Logo

अर्थ

ओमोडा एन्ड जेइकोको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु



काठमाडाैं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले दसैं–तिहारलाई लक्षित गर्दै ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ ।

यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे–५ सहित ओमोडा इ–५ र जेइको जे–६ मा लागू हुनेछ । अभियानअन्तर्गत, ग्राहकले विशेष फेस्टिभ अफरमार्फत आकर्षक मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन् ।

नयाँ जेइको जे–५ को मूल्य रू ६० लाख ९९ हजार भए पनि अहिले ५६ लाख ९९ हजामै उपलब्ध हुनेछ ।

त्यस्तै, ओमोडा इ–५ को मूल्य रू ६१ लाख ९९ हजारबाट घटाएर ५४ लाख ९९ हजार र जेइको जे–६ को मूल्य रू ६९ लाख ९९ हजारबाट घटाएर ६५ लाख ९९ हजार तोकिएको छ ।

यस अफरमा मूल्य छुटसँगै एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र १ वर्षको निशुल्क इन्सुरेन्स सुविधा समावेश छन् । कम्पनीले यो विशेष अफर सीमित अवधिका लागि मात्र हुने र शर्त तथा नियम लागू हुने जनाएको छ । एसपिजी अटोमोबाइल्सले ग्राहकलाई नजिकैको शोरुममा गएर यी मोडलहरूको टेस्ट ड्राइभ लिन र अफरको अधिकतम लाभ लिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १७:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।