Logo

अर्थ

आगामी असोज २ गतेसम्मका लागि सेयर बजार बन्द



काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ ।

नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म कारोबार बन्द रहने जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घ बमोजिम बजार ४ दिन बन्द गरिएको नेप्सेले जनाएको छ । यहीं व्यवस्थाअनुसार अर्को १ दिन बन्द अवधि थप्न सकिनेछ ।

ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ  । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । यो व्यवस्थाअनुसार अधिकतम ५ दिन बजार बन्द गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १६:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।