काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी दिएको हो ।
भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा विभागमा तोडफोड, आगजनी र चोरी/लुटपाट हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको विभागले जनाएको छ ।
विभागले अर्को सूचना नआएसम्म सेवा स्थगित रहने जनाएको छ ।





















प्रतिक्रिया