Logo

अर्थ

निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट, जरिवाना पनि नलाग्ने



काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञाको अवधिमा उपभोक्ताहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्राधिकरणले आइतबार कार्यकारी निर्देशकस्तरीय निर्णयमार्फत विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने घोषणा गरेको हो ।

भदौ २३ र २४ गते देशभरि भएका विरोध प्रदर्शन तथा आन्दोलनका कारण अधिकांश जिल्लाहरूमा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो। यस अवस्थाले गर्दा विद्युत प्राधिकरणका महशुल काउन्टरहरू नियमित रूपमा सञ्चालन हुन सकेनन्, जसले उपभोक्ताहरूलाई समयमा महशुल तिर्न कठिनाइ भएको थियो।

प्राधिकरणले उपभोक्ताको यो असहजतालाई ध्यानमा राख्दै भदौ २४ देखि असोज २ गतेसम्मको १० दिने अवधिलाई Holiday Setup घोषणा गरेको छ। यस अवधिमा महशुल नतिर्ने उपभोक्तालाई कुनै पनि प्रकारको जरिवाना नलाग्ने प्राधिकरणले स्पष्ट पारेको छ।

साथै, उक्त अवधिमा विद्युत महशुल काउण्टरबाट तिरेका उपभोक्ताले भुक्तानी गर्दा भएको सम्भावित अतिरिक्त दस्तुर वा असमझदारीलाई पनि समायोजन गर्न निर्देशन दिइएको छ।

प्राधिकरणले देशभरका सम्पूर्ण कार्यालय र शाखाहरूलाई निर्णय कार्यान्वयन गर्न आवश्यक निर्देशन दिइसकेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार ११:२३   :  बजे

1.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।