Logo

अर्थ

नाडा प्रतिनिधि र अर्थमन्त्रीबीच नेपालको वर्तमान अवस्थाकाे सम्बन्धमा छलफल



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गर्दै देशको हालको आर्थिक अवस्था, अटोमोबाइल व्यवसायमा देखिएका चुनौती र समाधानका उपायबारे गम्भीर छलफल गरेको छ ।

छलफलका क्रममा अध्यक्ष चौधरीले देशको शान्ति, सुरक्षा र स्थायित्व बिना व्यवसायीहरूको मनोबल घट्दै गएको उल्लेख गर्दै सरकारले व्यवसायमैत्री नीति अवलम्बन गर्नुपर्ने धारणा राखे । उनले लगानीको वातावरण सुदृढ बनाउने, क्षतिपूर्तिको व्यवस्था गर्नेसहित २२ बुँदे सुझावसमेत सरकार समक्ष पेश गरे ।

नाडाले विशेष रूपमा बैंकहरूमार्फत पेट्रोल तथा डिजेल सवारीका लागि हायर पर्चेज लोनको लोन टु भ्यालु रेसियो ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याउनुपर्ने माग गरेको छ । साथै, सवारी प्रदूषण मापदण्ड २०८२ लागू भएसँगै मूल्यवृद्धि हुने सम्भावना औँल्याउँदै नीतिगत स्पष्टता र राहतको आवश्यकता औंल्याइएको छ ।

छलफलमा अर्थमन्त्री खनालले नाडा र व्यवसायीहरूको सुझावलाई मनन गर्दै आन्दोलनका कारण भएको क्षतिका तथ्यांक संकलन गरी आवश्यक राहत तथा पुनःस्थापना कार्यक्रम ल्याइने बताए। साथै, टेक्स र बैंकिङ्ग प्रणालीमार्फत के–कस्ता सहुलियत दिन सकिन्छ भन्ने विषयमा आवश्यक अध्ययन गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, तथा केन्द्रीय सदस्यहरू आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति सहभागी थिए।

 

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १२:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।