Logo

प्रमुख समाचार

हजार युवाको माझ तामझाम सहित केपी ओलीलाई सार्वजनिक गर्ने एमालेको तयारी



काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला सेनाको सुरक्षामा छन् ।

जेन–जी आन्दोलन चर्किएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो । ओली मात्रैलाई नभएर सेनाले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाललगायतलाई सेनाले ब्यारेकमा राखेर सुरक्षा दिएको थियो ।

देउवा र ओलीबाहेक अरु पूर्व प्रधानमन्त्रीहरु सार्वजनिक भइसकेका छन् । तर, एमाले अध्यक्ष ओली ओली र कांग्रेस सभापति देउवा भने अझै सार्वजनिक भएका छैनन् । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री महेश बस्नेतले एमाले अध्यक्ष अ‍ोलीलाई अबको ३ दिनभित्र शानदार ढंगले सार्वजनिक गरिने बताए ।

‘बढीमा तीन दिनभित्र हामी उहाँलाई शानदार ढंगले पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली देखिने गरेर १०औं हजार युवाहरुले स्वागत गर्ने गरेर देखिनुहुन्छ । १०औं हजार मान्छेले स्वागत गर्छन्,’– उनले भने । ओलीले राष्ट्रको गौरव राख्ने काम गरेको र हिनता बोध गर्नुपर्ने केही काम नगरेको नेता बस्नेतको दाबी छ ।

यसअघि पनि प्रधानमन्त्रीबाट फिर्ता हुँदा ओली बाजागाजा र र्‍यालीसहित बालकोट फर्किएका थिए । यद्यपि अहिले उनी बालकोट निवास फर्किने अवस्था भने छैन ।

जेन–जी आन्दोलनका क्रममा उनको बालकोटस्थित निवास जलेर ध्वस्त भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार २१:४१   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।