काठमाडौं । घरकी श्रीमतीलाई संचालक बनाई अनलाइन पोर्टल संचालन गर्दै आँफै कार्यरत बैंकबाट मासिक लाखौँ रुपैयाँ असुल्ने योगेश पोखरेल कारबाहीमा परेका छन्।
ग्लोबल आईएमइ बैंक लिमिटेडको मार्केटिङ तथा रिलेसनसिप विभागका प्रमुख योगेश पोखरेलले श्रीमती प्रभा पन्थीका नाममा कम्पनी खडा गरी बैंकबाट नियमित मासिक २ लाख ( भ्याटबाहेक) रुपैयाँ अशुल्दै आएका थिए।
उक्त बिषय अर्थसंजाल डटकम लगायत विभिन्न संचार माध्यममार्फत् सार्वजनिक भएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही प्रक्रिया अघि बढाएको थियो।
अनुसन्धानका क्रममा योगेश पोखरेलले श्रीमतीका नाममा थर्ड पोल मिडिया ग्रुप संचालन गरी उक्त कम्पनीमा बैंकबाट नियमित रकम ट्रन्सफर गर्दै आएको तथ्य भेटिएपछि राष्ट्र बैंकले सिईओ सुरेन्द्र कुमार रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहित निज योगेश पोखरेललाई सुरुमा लिखित र त्यसपछि चित्त नबुझेपछि लिखित स्पष्टीकरण नै सोधेको थियो।
राष्ट्र बैंकको निर्देशनअनुसार सोधिएको स्पष्टीकरणको जवाफमा ग्लोबल आईएमइ बैंक व्यवस्थापनले निज योगेश पोखरेललाई कारबाही गरिएको जानकारी गराएको छ। राष्ट्र बैंकलाई जानकारी गराएको पत्रमा पोखरेललाई गत चैत १५ गते कारबाही गरिएको जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको स्पष्टीकरण पछि योगेश पोखरेलमाथि अनुसन्धान भइ दोषी देखिएका ले कर्मचारी विनियमावालीअनुसार कारबाही गरिएको र उनले बैंकबाट नियमविपरीत अशुल्दै आएको रकम अबदेखि नअसुल्ने लिखित सर्तमा सचेत गराएको ग्लोबल आईएमइ बैंकले जानकारी गराएको छ।
पत्रमा अबदेखि हिजो गरिएका काम नदोहोर्याउने, यसअघि गर्दै आएका गलत कामकारबाही पुनः नगर्ने सर्तमा सचेत गराइएको ब्यहोरा समेत उल्लेख गरिएको छ।
योगेश पोखरेलमाथि कस्तो किसिमको कारबाही भएको हो ? भन्ने बिषयमा सोधिएको प्रश्नमा भन्ने बैंकका प्रवक्ता सुमन पोखरेलले भने सिधा जवाफ दिन अस्विकार गरे। उनले भने – “उहाँमाथि हामीले गर्नुपर्ने काम कारबाही सबै गरेका छौँ। तपाईं पछि नलाग्नुस् ।”




















प्रतिक्रिया