Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरले सम्हाले कार्यभार



काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको निर्णय अनुसार उनी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भुमिका रही कार्य गरेको अनुभव रहेको बैंकले जनाएको छ ।

साथै पछिल्लो समय डिस मेडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरिरहेका थिए ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार १२:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।