काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको सुरुदेखि अपनाउँदै आएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएको छ।
मुलुकको विदेशी विनिमय सञ्चिति उत्साहजनक रहेको र मुद्रास्फीति लक्षित सीमाभित्रै रहने प्रक्षेपणका आधारमा बैंकले यो निर्णय लिएको हो।
विशेष गरी राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत मात्र रहने प्रारम्भिक अनुमान गरेपछि राष्ट्र बैंकले न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गर्दै बजारमा लगानी अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
समीक्षामा भनिएको छ, ‘विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप नै रहने देखिएकाले लचिलो मौद्रिक कार्यदिशालाई कायम राखिएको छ।’
यसले आगामी दिनमा पनि ब्याजदरमा थप चाप नपर्ने र बजारमा तरलता प्रवाह सहज हुने संकेत गरेको छ।





















प्रतिक्रिया