Logo

बैंकिङ

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ‘स्थायी निक्षेप सुविधा’को पुनरावलोकन गरिने



काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी र सुव्यवस्थित बनाउन ‘स्थायी निक्षेप सुविधा’को पुनरावलोकन गर्ने घोषणा गरेको छ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने यस सुविधाको विद्यमान व्यवस्थामा आवश्यक परिमार्जन गर्ने योजना अघि सारेको हो।

समीक्षामा भनिएको छ, ‘ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ।’

विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा लगातार देखिएको अधिक तरलताको व्यवस्थापन र ब्याजदरमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न यो कदम चालिएको बैंकको भनाइ छ।

स्थायी निक्षेप सुविधाको पुनरावलोकन भएपछि बैंकहरूले राष्ट्र बैंकमा राख्ने अधिक निक्षेपको ब्याजदर र प्रक्रिया थप व्यवस्थित हुने र यसले समग्र ब्याजदर करिडोरको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार २०:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।