Logo

अर्थ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्यो



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन खुलेको छ । बैंकको शत प्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर खुलेको हो ।

असोज २२ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन हुन लागेको हो ।

भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका साविक सेयरधनीका लागि अंकित मूल्य १ सयका दरले हकप्रद सेयर खुलेको हो । अनलाइन प्रणाली मेरो सेयर तथा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सेयरधनीले आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ११:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।