Logo

अर्थ

नर्भिक अस्पतालले २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बिहीबार सेयर निष्कासनसम्बन्धी सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सन् १९९३ मा ३० शय्याको सामान्य सुविधासहित सुरु भएको यो अस्पताल हाल २०० शय्याको बहु-विशेषज्ञ अस्पतालका रूपमा सञ्चालित छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १६:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।