Logo

अर्थ

सूचना प्रविधिमन्त्री जगदिश खरेलको पहिलो निर्णय: ५ महिनाभित्र १० शहरमा नि:शुल्क इन्टरनेट



काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणसँगै पहिलो निर्णयमा ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

आज मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा मन्त्री खरेलले कर्मचारीहरूले ल्याएको प्रारम्भिक प्रस्तावमा केही थप गर्न निर्देशन दिँदै, सबै जनताले प्रविधिमा सहज पहुँच पाउनुपर्नेमा जोड दिएका थिए ।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख शहरका पार्क, बसपार्क, चोक, सार्वजनिक भवनलगायत स्थानहरूमा नि:शुल्क वाइफाइ सेवा उपलब्ध गराइनेछ ।

सूचना प्रविधिमा सबै क्षेत्रका नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित मन्त्री खरेलको यो पहललाई प्रारम्भिक चरणमै दूरसञ्चार र डिजिटल पहुँच विस्तारतर्फको कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १७:१५   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।