Logo

अर्थ

हालसम्मकै उच्च विन्दुमा सुन, ताेलामा २ लाख २१ हजार नाघ्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । आज सुनकाे मूल्य ३ हजार ९ सय रुपैयाँ बढेको हो ।

मंगलबारका लागि सुनकाे मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ११:१३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।