Logo

अर्थ

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट



काठमाडौं । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ ।

उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ भने यो छुट चाडपर्वको समयमा मात्र लागु हुने बैंकले जनाएको छ ।

यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।

एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ११:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।