Logo

अर्थ

घुस माग्ने कर्मचारीको उजुरी अब सिधै अर्थ मन्त्रालयमा गर्न सकिने



काठमाडौं । अबदेखि अर्थ मन्त्रालय अन्तर्गतका निकाय, विभाग, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीलाई घुस माग्ने, अनावश्यक ढिलासुस्ती गर्ने वा सेवा प्रवाहमा कठिनाई उत्पन्न गराउने कर्मचारीको विरुद्धमा सिधै मन्त्रालयमा उजुरी गर्न सकिने भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सार्वजनिक रूपमा उक्त व्यवस्था लागू गरिएको घोषणा गर्दै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति गर्न जनतालाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खनालको इमेल rameshore@mof.gov.np, मन्त्रालयको इमेल gunaso@mof.gov.np र हटलाइन १८१०५०००४०१ मा सम्पर्क गर्न भनिएको छ ।

उपसचिव निरन भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई समेत सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १२:२३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।