Logo

अर्थ

झापा इनर्जीको आईपीओ बाँडफाँड



काठमाडाैं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन सदर र ३४ हजार ४०३ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये ४७ हजार ३३३ जनालाई १० कित्ताका दरले ४ लाख ७३ हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ६ जनालाई एक/एक कित्ताका दरले थप ६ कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १०:४७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।