काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को विन्दुमा कायम भएको छ ।
आज ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब १२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया