Logo

अर्थ

हुन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’ योजनाअन्तर्गत १० लाख जित्ने भाग्यशाली विजेता बने अभिषेक



काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं–तिहार अफर “दशैं तिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ।

धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दशैं–तिहार अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत रु १०,००,००० जित्ने पहिलो भाग्यशाली ग्राहक बन्नुभएको छ।

यो अफर भदौ २, २०८२ बाट सुरु भएको हो, जसअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने व्यवस्था गरिएको छ।

प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा समेत उपलब्ध हुनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ११:५४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।