Logo

अर्थ

तोलामा २३ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।

आज सुनकाे मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ११:०१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।