काठमाडौं । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस्तो देखिएको हो । सन् २०२७ का लागि भने यस्तो प्रक्षेपण ४.७ प्रतिशत रहने अनुमान गरिएको छ ।
आन्दोलन हुनुमा नेपालीहरूको शासन प्रणाली प्रतिको असन्तुष्टि र आर्थिक अवसरको अभाव रहेको विश्व बैंकले उल्लेख गरेको छ ।
भष्ट्राचार, अनिश्चित व्यवसायिक वातावरण, उच्च व्यापार लागत र पूर्वाधार अभाव जस्ता संरचनात्मक कमजोरीको कारण नेपालको विकास समकक्षी मुलुकहरूको तुलनामा ढिलो भइरहेको विश्व बैंकले उल्लेख गरेको छ ।
विश्व बैंकले विगत १० वर्षमा नेपालको वृद्धिदर औसत ४.३ प्रतिशत मात्रै रहेको, आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा युवा बेरोजगारी दर २२.७ प्रतिशतसम्म पुगेको उल्लेख गरेको छ ।
दक्षिण एसियाको भने यस वर्ष आर्थिक वृद्धि औसत ५.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यसअघिको वर्ष यस्तो वृद्धिदर ६.६ प्रतिशत थियो ।





















प्रतिक्रिया