काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा करिब १ अर्ब ३० करोड रुपैयाँ बराबरको ४५ हजार खसीबोका बिक्री भएको छ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघले ५० हजारको लक्ष्य राखेपनि बिक्री केही कम भएको जनाएको छ ।
महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार गत वर्षको तुलनामा खपत घटेको हो । यसपालि सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्यांग्रा बिक्री नगरेकोले सम्पूर्ण कारोबार निजी क्षेत्रले सम्हालेका थिए ।



















प्रतिक्रिया