Logo

अर्थ

दशैंमा उपत्यकामा १ अर्ब ३० करोडको खसीबोका बिक्री



काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा करिब १ अर्ब ३० करोड रुपैयाँ बराबरको ४५ हजार खसीबोका बिक्री भएको छ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघले ५० हजारको लक्ष्य राखेपनि बिक्री केही कम भएको जनाएको छ ।

महासंघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार गत वर्षको तुलनामा खपत घटेको हो । यसपालि सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्यांग्रा बिक्री नगरेकोले सम्पूर्ण कारोबार निजी क्षेत्रले सम्हालेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १५:३९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।