Logo

अर्थ

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने अवधि थप



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बिक्रीमा ल्याएको हकप्रद सेयर बिक्री हुन नसकेपछि आवेदन दिने समय थप गरिएको छ ।

बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको हो ।

असोज २२ गतेसम्मको समय तोकेर हकप्रद बिक्री खुल्ला गरिएकोमा उल्लेख्य आवेदन भने परेन । जसले गर्दा बैंकले हकप्रद बिक्रीको समय थप गर्नु परेको हो । अब बैंकको शतप्रतिशत हकप्रद सेयरमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ११:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।