काठमाडौं । सेयर बजार आज पनि रात्ताम्मे भएर बन्द भएको छ । नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९ को विन्दुमा कायम भएको छ ।
आज १८ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३२ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया